‘सुदूरपश्चिम​ नेपाली समाज कुवेत’द्वारा मृगौला पीडित​लाई आर्थिक सहयोग

बैतडी जिल्ला पुर्चाैडी नगरपालिका वार्ड नं. ८ का दुवै मृगौला पीडित​ जनकबहादुर बमलाई  २७० कुवेती दिनार अर्थात नेपाली रु. १,०६,७२२ (एक लाख छ हजार सात सय बाईस ) रुपैयाँ सहयोग गरेका छन । सुदूरपश्चिम नेपाली समाज कुवेतका जेष्ठ​ सदस्य गणेश बहादुर चन्दको संयोजकत्वमा कुवेतका विभिन्न कम्पनीमा कार्यरथ नेपालीलगायत सुदूरपश्चिम​ नेपाली समाज कुवेतमा आबद्व सम्पूर्ण​ सदस्यहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन । सुदूरपश्चिम नेपाली समाज कुवेतका जेष्ठ​ सदस्य गणेश बहादुर चन्दले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभ​एको छ । मृगौला पिडित जनक बहादुर बमको अहिले धनगढी सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सहयोगीहरुः–

(रकमः कुवेती दिनारमा)

१. बिजय बम ठकुरी : १५ 
२. जगा बहादुर खत्री : ३
३. अम्मर खड्का : ८ 
४. गोबिन्द धामी : ८
५. कबिरजङ्ग​ गुरुङ : १० 
६. तूलबहादुर गुरुङ : १० 
७. हिरा गुरुङ : ५ 
८. गोपाल भट्ट : ६
९. देबराज भट्ट : ८ 
१०. हंस भूल : १० 
११. प्रकाश भण्डारी : १३
१२. मदन चन्द : ५.२५०
१३. दुर्गा थिङ लामा : १० 
१४. वसन्त राना : १५ 
१६. बिरेन्द्र खत्री : १० 
१७. गगनसिंह बिष्ट : १० 
१८. थपेन्द्र देउवा : ५ 
१९. हेमन्त खडायत :५ 
२०. बिकाश सिंह : ५ 
२१. धर्म रावत : ३ 
२२. चेतराज गिरी : ३ 
२३. बद्री न्यौपाने : ५ 
२४. महेश कुमार : ५ 
२५. कालुसिंह बुडा : ३ 
२६. रतन गिरी बाजुरेली : २
२७. सिद्व भण्डारी​ : २
२८. महेश चन्द्र जोशी : १० 
२९. बिक्रम सिंह : १० 
३०. राधेश्याम​ : ५ 
३१. बिनोद खड्का : १० 
३२. निरुमाया खड्का : १.२५० 
३३. गणेश बहादुर चन्द : २७.५००

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्