अब बुद्ध एयरको उडान सूचना मोबाइलमा स्वतः प्राप्त हुने

File Photo

काठमाडौं – अब बुद्ध एयरको उडान सूचना मोबाइलमा स्वतः प्राप्त हुने भएको छ । एयरलाइन्सले फ्लाइट अलर्ट मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा शुरु भएसँगै यात्रुले अब टिकट काटेपछि आफ्नो उडानबारे कुनै सूचना भए एसएमएसबाटै खबर पाउने भएका हुन् ।

विशेषगरी मौसमका कारण हुने उडान रद्द र डिले हुने अवस्थाबारे मोबाइलमा सूचना प्राप्त हुनेछ । कुनै पनि कारणले उडान प्रभावित हुने भएमा त्यस्तो सूचना यात्रुको मोवाइलमै आउने भएको हो । जसका लागि यात्रुले टिकट बुक गर्दा नै आफ्नो सही मोवाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्