‘तिम्रो मायामा यसरी नै रङ्गिन मन छ’

यसोदा रिमाल 
प्रिय मान्छे
अबका दिनहरुमा पनि तिम्रो मायामा
 यसरी नै रङ्गिन मन छ
तिम्रो मौनतालाई छिचोल्दै
दुख सुख साटासाट गर्दै
तिम्रो शुन्यतामा हराएर
यसै गरि
एक अर्कालाई मन पराए,
यो सिमित समयको घेरा भित्र
असिमित रहरहरु पूरा गर्दै
अधर माथि अधर
नजर माथि नजर राखि
शंका र अविश्वासको कुनै कण नमिसाई
मुस्कान रुपि माया र सद्भाव रुपि चुम्बनहरुले
पुरै जिन्दगी बिताउन मन छ यसै गरि
डर लाग्छ
आजभोलि
क्षणिक घमण्डले
मानिसहरुमा अहमता बढ्दै गएको छ
मानिसहरुको बिचार छोटो भएको छ
संगै हिड्ने बाटो छोटो भएको छ
लहिलहि र देखासिले
सम्बन्धहरु छोटिएका र टुक्रिएका छन्
यी सब कुरालाई पछि पार्दै
हामीले हाम्रो सम्बन्धलाई पुर्ण बनाउनु छ
जिन्दगीका गोरेटोमा हातमा हात समाउदै
कलिला फक्दै गरेका फुलहरुलाई फुलाउदै
देखेका हर सपना पूरा गर्दै
अबका बाकि बर्ष पनि
 तिमी संगै बिताउन मन छ
यसै गरि
धेरै मायामा थोरै रिस मिसाई
दुखका पहाडहरु एक अर्काको काधमा बिसाई
हो प्रिय यसै गरि
तिम्रो मायामा रङ्गिन मन छ
मायामा माया मिसाई
Happy anniversary maya….

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्