कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकारहरुले गरे क्यामरा डाउन

तस्विर : Mansi Poudel को फेसबुक वाल बाट

काठमाडौँ – प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।

साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए ।

प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ । पत्रकारलाई भित्र छिर्न नदिनुका साथै हातपात र दुर्व्यवहार गरेपछि फोटोपत्रकारहरू आन्दोलित भएका हुन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् ।

अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन् । उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्