पत्रकार विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

कञ्चनपुर – कञ्चनपुरका पत्रकार राजेन्द्र सिँह विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पत्रकार विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो । संघको ३१ औँ बार्षिक साधारण सभाबाट पत्रकार विष्टलाई नगदका साथै सम्मान गरेको छ ।
पत्रकार विष्टले आर्थिक क्षेत्रका विषयबस्तु उठान गरेर कञ्चनपुरको आर्थिक विकासका लागि योगदान पु¥याए बापत सम्मान गरेको हो ।
पत्रकार विष्ट लामो समयदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उहाँले स्थानीय क्षेत्रमा पत्रकारिता गर्नुका साथै केहि समय एसटिएस टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । पत्रकार विष्ट हाल टिभी टुडे टेलिभिजनमा कार्यरत रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्