सेज प्राधिकरण र व्यवसायीबीच विवाद, लोड गरिएका मालवाहक ट्रक सेजको मूल गेटमै रोकिए

काठमाडौँ – उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद सुरु भएको छ । विशेष आर्थिक क्षेत्र ऐन बमोजिम उत्पादनको ६० प्रतिशत बाह्य निकासी नगरेको भन्दै सेज प्राधिकरणले मंगलबारदेखि आन्तरिक निकासी रोक लगाएपछि विवाद उत्पन्न भएको हो ।

आन्तरिक निकासीमा प्राधिकरणले रोकेपछि त्यसको विरोधमा शक्ति मिनरल्सले पनि बुधबारदेखि भारततर्फ गर्दै आएको बाह्य निकासी पनि रोकेको छ । उद्योगका आन्तरिक र बाह्य निकासीका लागि लोड गरिएका मालवाहक ट्रक र अन्य उपकरण सेजको मूल गेटमै खडा गरिएका छन् ।

सेज ऐनअनुसार सेजमा सञ्चालित उद्योगले एक वर्षपछि ६० प्रतिशत उत्पादन बाह्य निकासी गर्नुपर्ने प्रावधान छ । आन्तरिक बजारमा ४० प्रतिशतसम्म बिक्री गर्न पाइन्छ । शक्ति मिनरल्सले चालु आवको पहिलो चार महिनामा बाह्य निकासी ६.५० प्रतिशत मात्रै गरेको जनाएको छ । उद्योगले भने १७ प्रतिशत भएको दाबी गरेको छ । उक्त उद्योगबाट कुखुुराको दाना बनाउन प्रयोग गरिने लाइनस्टोन ग्रिड र पाउडर उत्पादन गर्ने गर्छ । तीन वर्षदेखि उत्पादन सुरु गरेको उक्त उद्योगमा ४० करोड रुपैयाँ लगानी छ ।

चालुु आर्थिक वर्षको चार महिनामा १७ लाख ६१ हजार रुपैयाँ बराबरको उत्पादन भारत निकासी गरेको यो उद्योगले आन्तरिक बजारमा २ करोड ५३ लाख रुपैयाँको बिक्री गरेको छ । आवश्यक पूर्वाधार र सुुविधा दिन सरकार चुुकेको आरोप उहाँहरुको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्