कोरोना सङ्क्रमण भएर परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदै

काठमाण्डौ – कोरोना सङ्क्रमण भएर परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको परीक्षामा उपस्थित हुन नसकेका कोरोना संक्रमित विद्यार्थीका लागि आज परीक्षा हुन लागेको हो । परीक्षार्थीलाई जिल्लाबाटै परीक्षामा सहभागी हुने अवसर दिइनेछ ।
परीक्षा दिने विद्यार्थीको संख्या देशभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउँदो २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्