आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले सबै प्रदेशमा एकैपटक उद्घाटन गर्ने

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।

तर प्रदेश २ मा भने आज उद्घाटन नहुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो ।

कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि कांग्रेसले प्रदेश संरचना भने बनाएको थिएन । १४ औं महाधिवेशन अघि कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनले सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्नेछ ।

प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्