नियन्त्रित लागूऔषध सहित पक्राउ

मोरङ, विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय बिशाल खड्कालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिशाललाई लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्नेक्रममा ३० ट्याब्लेट नाईट्रोसन, २० एम्पुल लुपिजेसिक, २० एम्पुल एभिल, १० एम्पुल डाईजेल्याब, १० एम्पुल फेनारगन र १० एम्पुल डाईजेपाम सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बस्ने ३३ वर्षीय विजय खरेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका विजयलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्