सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ – आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्