असहाय विद्यार्थीका लागि नेपाली सेनाद्वारा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

दार्चुलाको महाकाली नगरपालिकामा अवस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरिएको छ । विभिन्न कारणले आमा बुवा गुमाएर असहाय बनेका विद्यार्थी छात्रहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको हो ।

जिल्ला सदरमुकाम खलंगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना असहाय छात्रहरुलाई नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ र गुरु गोरख गुल्म दार्चुलाले सयुक्त रुपमा शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको विकास निर्माण कार्यदल गण–२ का गणपति रमेश गुरुङ्गले बताए ।

उनले भने “सेनाले महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै स्थित छात्रबासमा उनीहरु खेल्नका लागि ब्याडमिन्टन कोर्ट र टेबुल टेनिसबोर्ड निर्माण गरेका छौं । यो हाम्रो तर्फबाट सानो सहयोग हो । यसले बालबालिकाहरुमा सकारात्मक सोचको बिकास होस भन्ने उदेश्यले हामिले सहयोग गरेका हौँ ।” खेलकुदका सामग्री सहयोग गरेको गुरु गोरख गुल्म दार्चुलाका गुल्मपति कृष्णचन्द्र ठकुल्लाले बताए ।

आउँदा दिनहरुमा पनि सक्दो सहयोग गर्ने छौं ठकुल्लाले बताए । असहाय छात्रहरुलाई अन्य निकायबाट पनि सहयोग प्राप्त होस भन्ने उद्देश्यका साथ नेपाली सेनाले शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको हो ।
नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले टेबुल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४/१४ थान, स्टेशनरी, टिटी ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग गरिएको गुल्मपति ठकुल्लाले बताए । यस्तै गुल्मपति ठकुल्लाले व्यक्तिगत रुपमा १५ जना असहाय छात्रहरुलाई ट्याकसुट सहयोग प्रदान गर्नु भएको छ ।

यस्तै विकास निर्माण कार्यदल गण–२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन प्याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन र टेबुल टेनिस बोर्ड निर्माण गरेको गणपति रमेश गुरुङ्गले बताए ।

नेपाली सेनाले गरेको सहयोगको प्रसंसा गर्दै महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले विशेष रुपमा सेनालाई धन्यबाद दिनु भएको छ । नेपाली सेनाले सामाजिक र जनहित कार्य अन्तरगत असहाय बालबालिका, बृद्ध बृद्धा, समस्यामा परेका नागरिकलाई समय–समयमा विभिन्न सहयोग गर्दै आइरहेको छ । बिधालयका प्रअ जोशिले सबैबाट सहयोग र सहकार्यको अपेक्षा गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्