लोक सेवाको परीक्षा दिन पोखरामा करिब १ लाख परीक्षार्थी, होटल भरिभराउ, कोठा पाउन मुस्किल

PHOTO : The Himalayan Times

पोखरा – गण्डकी प्रदेश लोक सेवा आयोगको कार्यालयले गरेको विज्ञापनको परीक्षा सुरु भएसँगै पोखरामा चहलपहल बढेको छ । विभिन्न प्राविधिक चाैथो तहका लागि गरेको विज्ञापनको परीक्षा सुरु भएको छ । करिब ८० हजार परीक्षार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । सोहि अनुरुप परीक्षार्थी पोखरा पुगेका छन् । ८० हजार परीक्षार्थीसँगै उनीहरुका अभिभावक समेत गरी १ लाख बढी व्यक्तिहरु पोखरा पुगेपछि कोठा खोज्न मुस्किल भएको छ ।

ग्राहक नपाएर सडकमा ग्राहक खोज्दै हिड्ने होटल व्यवसायी तथा कामदारहरु अहिले कोठा छैन भने ग्राहक फर्काउने गरेका छन् । विगतमा ५ सय देखि हजारौँ पर्ने कोठाहरुमा दोब्बर भाडा लगाउदा समेत कोठाको माग बढेको छ । परीक्षा दिन पोखरा पुगेका एक जना परीक्षार्थी भन्छन “कोठा पाउनै मुस्किल भयो, दिनभरी घुमेर बल्ल कोठा पाइयो त्यो पनि सामान्य अवस्थाको भन्दा दोब्बर, तेब्बर तिर्नुपर्यो ।”

गण्डकी प्रदेश लोक सेवा आयोगले आर्थिक बर्ष २०७८/०७९ का लागि भनेर मेडिकल अधिकृत (स्वास्थ्य), बैद्य, आयुर्वेद चौथो तह, ल्याब असिष्टेन्ट चौथो, ना.प्रा.स. कृषि चौथो, कृषि भेटेरीनरी, स्वास्थ्य तर्फ अनमी, कृषि टेक्निसियन, असिष्टेन्ट सब इन्जिनियर, सिभिल स्यानिटरी चौथो, स्वास्थ्य तर्फकै अहेब गरी चौथो तहका विज्ञापन खोलेको थियो र सोहि अनुरुप तोकिएको परीक्षा तालिकामा परीक्षा सुरु हुन लागेको हो । जसका लागि करिब ८० हजार परीक्षार्थी परीक्षा दिन लागेका हुन् ।
परीक्षा यहि मंसिर १२ गते देखि २० गतेसम्म परीक्षा हुन लागको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्