एमाले महाधिवेशनः मतदान सकियो, २१५३ मध्ये २०९५ मत खस्यो

चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार १५३ जना प्रतिनिधिमध्ये दुई हजार ९५ जनाले मत दिएको निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार एक घण्टापछि मत गणना हुने र चार घण्टामै परिणाम आउनेछ । विद्युतीय प्रणालीबाट मतदान भएकाले मतगणनामा धेरै समय लाग्दैन । नयाँ नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्