यो साता सुनचाँदीको मुल्यमा उच्च गिरावट

काठमाडौँ – यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ९०० मा आइपुगेको हो ।

यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २५ सयले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । साताको आइतबार घटेर कारोबार सुरु भएको सुनको मूल्य सोमबार र शुक्रबारबाहेक सबै दिन घटेको थियो । यसका साथै, यो साताको चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १२ सय ७५ रुपैयाँ कायम भएको चाँदीको भाउ यो साताको शुक्रबार १२ सय २५ रुपैयाँ तोकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्