कञ्चनपुरमा प्रधानाध्यापक समेत क्षेत्रीय सदस्य, उहाँ भन्नुहुन्छ “कानुनी व्यवस्था थाहा भएन !”

कञ्चनपुर – कञ्चनपुरमा कांग्रेसको महाधिवेशनबाट एक जना शिक्षक क्षेत्रीय सदस्य बनेका छन् । शुक्लाफाँटा नगरपालिका–९ स्थित आशिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका भरतबहादुर ऐर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सार्वजनिक पदमा रहेका व्यक्तिले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने कानूनी व्यवस्था रहेपनि उहाँले राजनीतिमा सक्रियता देखाउनु भएको हो ।

राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको स्वामित्वमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने व्यवस्था छ ।

आफूलाई कानूनी जानकारी नभएकाले क्षेत्रिय सदस्यमा चुनाव लडेको प्रधानाध्यापक ऐरले बताए । अब उहाँ सो पद त्याग्न समेत सहमत भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्