एमालेको दशौँ महाधिवेशनका लागि सौराहाका सबै होटल बुकिङ

काठमाण्डौ – नेकपा एमालेको दशौँ महाधिवेशनका लागि सौराहाका सबै होटल बुकिङ गरिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेका छन् ।

सौराहामा इतिहासमा पहिलो पटक सबै खाले होटलका सबै कोठा बुकिङ भएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । चितवनको मात्रै नभएर देशकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको एक सौराहामा सबै होटलमा गरेर ६ हजार पाँच सय बेड रहेका छन् । तीन हजार पाँच सय बेड बुकिङको सम्झौता भइसकेको छ । क्षेत्रीय होटल सङ्घ र नेकपा एमालेबीच चार करोड रुपैयाँमा सम्झौता भइसकेको छ । व्यवसायीले साना होटलको २५ सय, मझौलाको ३५ सय र ठूला होटलका कोठाको मूल्य पाँच हजार रुपैयाँ तोकेका छन् । खाना र खाजाको पनि सहुलियत मूल्य तोकिएको व्यवसायीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्