एमाले महाधिवेशन : पर्सी पूर्व–पश्चिमबाट आउने गाडी ८ घण्टा प्रभावित हुने

काठमाण्डौ – नेकपा एमालेको १० औँ महाधिवेशनका पर्सी १० गते चितवनको नारागणगढको नारायणी किनारमा उद्घाटन हुँदैछ ।

उद्घाटन कार्यक्रममा पाँच लाख मानिस सहभागी हुने एमालेको दाबी छ । तर, काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने भएको छ । पर्सि नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ ।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने छ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ ।

मुग्लिन हुँदै काठमाण्डौ, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ । महाधिवेशनका लागि सहभागीहरु दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने हुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्