नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द बने बैतडी काँग्रेसका सभापति

बैतडी – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सभापतिमा चन्दले ८०९ मत ल्याएर जितेका हुन् । निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले बताए ।

बैतडी कांग्रेस उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए भने उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भएका छन् ।

यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भए । सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् ।

एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्