काँग्रेस १४औँ महाधिवेशन : दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा मिश्रको उम्मेदवारी

काठमाडौँ – मिश्र समाज दार्चुलाका अध्यक्ष विष्णुदत्त मिश्रले नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधिमा उम्म्मेदवारी दिएका छन् ।

दार्चुला जिल्लाको सातौँ अधिवेशन चलिरहेका बेला मिश्रले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । लामो समयदेखि काठमाडौँमा बसेर नेपाली काँग्रेस निकटको राजनीतिमा लागेका मिश्र पहिलो पटक सक्रिय राजनीतिमा लागेका हुन् । लेकम गाउँपालिकाबाट क्षेत्रीय प्रतिनिधि बनेका मिश्रले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताए । राजनीतिलाई पेशामुखी नभई सेवामुखी बनाउनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै भावी नेतृत्व चयनमा भुमिका खेल्न उम्मेदवारी दिएको उनको भनाई छ ।

मिश्र समाज दार्चुलाको संस्थापक अध्यक्ष समेत रहेका मिश्र लामो समयदेखि समाजसेवामा समेत आवद्ध छन् । सबै पक्षलाई मिलाएर लैजानसक्ने क्षमाता भएका मिश्रलाई केन्द्रीय राजनीतिको समेत अनुभव छ । लामो समय केन्द्रीय राजनीतिलाई नजिकबाट नियालेका मिश्र पार्टीमा हुने अराजक गतिविधिका विरुद्ध पनि बोल्ने गर्दछन् । मतदान गरेर महाधिवेशन प्रतिनिधिमा विजयी गराउन समेत मिश्रले सबैलाई आग्रह गरेका छन् ।

मिश्र वि पि एच इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कनसल्टिङ प्रा लि का प्रवन्ध निर्देशक समेत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्