भोली प्रचण्ड धनगढी जाँदै

कैलाली – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जाने भएका छन् । बुधवार बिहान उनी धनगढी पुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ ।

अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका अधिवेशन सहभागी हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए । त्यसपछि प्रचण्डले धनगढीमा माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्