वरिष्ठ उपाध्यक्षमा नेम्वाङको दाबी

File Photo

काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको वरिष्ठ उपाध्यक्ष दाबी गर्ने भएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन् । उनले सर्वसहमतिको पक्षमा रहेको बताएका छन् । कथमकदाचित निर्वाचन भयो भने म पनि उमेद्वावारी दिनेबारे सोच्ने उनको भनाई छ । सबैसँग सल्लाह गरेर मात्र उम्मेदवारी दिने उनले बताए । अहिलेसम्म साथीभाइले वरिष्ठमा उठ्नुपर्छ भनेकाले सल्लाह गरेर उम्मेदवारी घोषणा गर्ने बताए । वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलले पनि दावी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्