बाजुरामा बिद्युत अनियमित भन्दै जिल्लास्थित प्रत्रकार मार्फत नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण

देबराज पाध्याय, बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बिद्युत अनियमितता भएको भन्दै बाजुरामा रहेका पत्रकार मार्फत नेपाल बिद्युत प्राधिकरणको ध्यानार्कष गराएका छन् ।सोमबार बाजुरा जिल्लाका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल बिद्युत प्राधिकरणमा ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएका हुन् ।

बाजुरा जिल्लामा संचालित बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुले बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी मार्फत नेपाल बिद्युत प्राधिकरण लाई ज्ञापन पत्र बुझाएका हुन । नेपाल सरकारले देशभर उज्यालो कार्यक्रम संचालन गरेता पनी बाजुरेली जनताले भने लोडसेडिङ्गको मार खेपीराखेका छन् ।

कुलमानघिसिङ्ग जस्तो उज्यालो नेपालका नायक नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा पदमा रहँदा पनी सुदूरपश्चिम प्रदेशको दुर्गम तथा भौगोलिक बिकटतामा भएको त्यसैमा पनि हिमाली जिल्ला समेत रहेको बाजुरा जिल्लामा नेपाल बिद्युत प्राधिकरणको प्रशारण लाईन बिस्तार नहुदा नेपाल बिद्युत प्राधिकरण काठमाण्डौमा जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत ज्ञापनपत्र पठाएको हो ।
बाजुरेली पत्रकारहरुले ध्यानार्कषण गराएको ज्ञापनपत्रमा अंध्यारोमा बस्न बाध्यभएका बाजुरेली जनताले राज्यकाट के अपेक्षा गरेकाहोलान्त ? भनि प्रश्न समेत गरेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको बाजुरा साना जलबिद्युत केन्द्र तिन बर्षमा ९३ लाख घाटा खायर २०६६सालमा नेै त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लाई लिजमा दिएको थियो भने हाल सो संस्थाले जेनतेन चलाएको कुरा संस्थाका ब्यबस्थापक दयाराम पण्डित ले बताएका छन् ।
यता नेपाल बिद्युत प्राधिकरको बितरण शाखा कार्यालय बसेको समेत करिब चार बर्ष पुग्न लागेता पनि सो कार्यालयले भने टुलुटुलु मुखदर्सक बनेर हेरीरनु बाहेक अरु केही देखीदैन यता मार्तडीमा बिद्युतको नियमितता नहुदा बाजुरा जिल्लाको पत्रकारीता क्षेत्र भनेनिकै चपेटामा परेको छ ।
ज्ञापन पत्रबुझ्दै गर्दा सहायक प्रमुखजिल्ला अधिकारी समिर भण्डारीले यो सबैको साझासमस्या भएको हुदा यसका लागी ज्ञापन पत्रसहितको माग सम्बन्धित निकायमा पु्याई सम्बोधका लागी सक्दो पहलगर्ने कुरा बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्