कांग्रेस १४ औँ महाधिवेशन : दार्चुलाबाट प्रदेश प्रतिनिधिमा ई. जयराज विष्टको उम्मेदवारी

काठमाडाैँ –नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दार्चुलाबाट क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश प्रतिनिधिमा इन्जिनियर जयराज विष्टले समेत उम्मेदवारी दिएका छन् ।

देश विदेशमा रहदा समाजसेवामा खटिरहने विष्टले नेपाली कांग्रेस दार्चुलाबाट प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका हुन । दार्चुलाको महाकाली नगरपालिका वडा नं. ७ को धाप घर भएका ई. विष्ट लामो समय प्राविधिक पेशामा विदेशमा रहनुभयो । उहाँले विदेशमा रहदा समेत नेपाल राजनीतिसँगै समाजसेवामा उत्तिकै भूमिका निर्वाह गर्नुभयो ।

नेपालीहरुलाई एकसुत्रमा बाध्न तथा सुदूरपश्चिमको कला सँस्कृति लगायत सांगितिक क्षेत्रका व्यक्तिहरुलाई समेत विदेशमा बोलाई नेपालीहरुमा भाइचाराको सम्बन्ध जोड्न समेत उहाँले योगदान गर्नुभयो । हाल उहाँले नेपालमै इन्जिनियरीङ कन्सलटेन्सी खोल्नु भएको छ । ई. विष्ट लामो समयदेखि नेपाली कांग्रेसमा समेत सक्रिय हुनुहुन्थ्यो ।

उहाँले आफुलाई अमूल्य मत दिएर निर्वाचित गराउन समेत अनुरोध गर्नुभएको छ । उहाँ एक युवा नेताको रुपमा समेत परिचित हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्