सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भिर

काठमाडौँ – सुर्खेतबाट काठमाडौं आइरहेको यात्रुबहाक बस दाङमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनकाअनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ । उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ । केही घाइतेको लमहीमै उपचार भइरहेको छ । थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ । बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो । गए राति पौने २ बजेति बस दुर्घटनामा परेको थियो ।

बसमा ३९ जना यात्रु सवार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्