मुक्तककार मीना चौलागाईको ‘मुक्तक मिनार’ सार्वजनिक

काठमाडौँ –  मुक्तककार मीना चौलागाईको ‘मुक्तक मिनार’ सार्वजनिक भएको छ । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा समाजको अवस्थालाई चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ आज सार्वजनिक भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यत्मा उक्त कृति सार्वजनिक भएको हो । सो अवसरमा घिमिरेले मुक्तक संग्रहमा वर्तमान सामाजिक परिवेशलाई समेटेको बताएका छन् ।

आमसञ्चारका विभिन्न माध्यमको विकाससंगै साहित्यमा कलम चलाउनेहरुको संख्या बढेपनि गुणस्तरिय लेखनको कमी भएको चर्चा गर्दै चौलागाईको कृतिले धेरैलाई पाठ सिकाउने पनि उनको धारणा थियो । मुक्तक सङ्ग्रह आमा विषयबाट सुरु भई जिन्दगीको जोड घटाउमा टुंगीएको र समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलो रुपमा उतारिएको छ ।

पाठकको मन जित्न सक्ने खालको मुक्तक भएकोले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने पन कार्यक्रममा वक्ताहरुले धारणा राखेका छन । कार्यक्रममा संस्कृतविद् तिलक लुइटेल,साहित्यकार,राजन सिलवाल, कृष्ण धरावासी, रामकाजी कोने, गिरिराज डल्लाकोटी,प्राज्ञ विवश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा सबैले आधुनिक साहित्यमा आवश्यक विचार सहितको कलाको कृति मीना चोलागाइको भएको र सबै खालका पाठकले पढ्ने खालको मुक्तक भएको धारणा राखेका छन् ।

सामाजिक यथार्थलाई सरल र स्पष्टरुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्ने भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गरेका हुन् । यो सँगै कार्यक्रममा साहित्यमा रुचि राख्ने रञ्जिता चौलागाई,विनोद आकाश खत्री,पार्वती भट्ट लगायतले चौलागाईको केही मुक्तक वाचन पनि गरेका थिए । मुक्तककार मीना चौलागाईको पहिलो कृति ’मुक्तक मिनार‘ मा ३०६ वटा मुक्तक समेटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्