सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिमा गीता गुरुङको उम्मेदवारी

काठमाडौँ – सोलुखुम्बुबाट गीता गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै गुरुङले खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लोकतन्त्र, राष्ट्रियता र समाजवादको लागि सधै कटिबद्ध भएर पार्टीमा लाग्ने अठोट सहित काँग्रेसमा अव युवाहरुले नेतृत्व लिनुपर्ने गुरुङको भनाई छ । गुरुङ नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा लागेकी गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी हुन् । गुरुङले मतदान गरेर सहयोग गर्न पनि सबै क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गरेकीछिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्