प्रहरी संगठनबाटै पीडित एसपी डिल्लीराज विष्टको किन रोकियो बढुवा ?

काठमाडाैँ – सर्वेन्द्र खनाल आइजीपी भएको पालमा केहि प्रहरी अधिकृतहरु निलम्बनमा परे भने केहि प्रहरी अधिकृत बर्खास्त भए । आफ्नो नेतृत्वले यथार्थ नबुझि केहि प्रहरी अधिकृतहरु बदनाम समेत भए ।
कुरा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा १३ बर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटना तत्कालिन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई प्रहरी प्रशासनले कारवाही गरेको थियो । पछि एसपी विष्टले अदालतबाट निर्दाेष सावित भई पुर्नवहाली भएको थियो ।
यसै प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्टलाई एसएसपी हुनबाट रोकेको छ । तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीका कारण अनाहकमा मुद्धा खेपेका प्रहरी अधिकारीलाई अदालतले दिएको निर्देशन समेत अपहेलना गर्दै उहाँहरुको बढुवा रोकेको छ ।
मन्त्रालयले अघिल्लो ब्याचका सिनियर प्रहरी अधिकारीलाई छोडेर जुनियर एसपीहरुको एसएसपीमा बढुवा सिफारिस गरेको हो । प्रहरी संगठनबाटै पीडित भएका प्रहरी अधिकारीलाई झनै पीडित बनाउने गरी सोमबार बढुवा सिफारिस गरिएको छ ।

गृहले बढुवा सिफारिस गरेकाहरुमा एसपी विकासराज खनाल, सुदीपराज भण्डारी, अनुरागकुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।
तर, उनीहरु केहीमध्ये सिनियर रहेका एसपी डिल्लीराज विष्ट भने बढुवाको सिफारिसमा नै परेका छैनन् । विष्टको ब्याचका अधिकांशजसो एसएसपीमा बढुवा भइसकेका छन् । २०५१ सालमा प्रहरीमा भर्ना भएका विष्ट भने बढुवामा छुट्दै आएका छन् ।
यसरी अदालतको फैसलापछि समेत आफ्नै संगठनबाट पीडित एसपी विष्टलाई सम्मान तथा पुरस्कार गर्नुको सट्टा बढुवा नै रोक्नु उहाँमाथि घात भएको छ ।
अदालतको फैसलामा स्पष्ट शब्दमा ‘अफवाहको पछि लागेर जिम्मेबार प्रहरी अधिकारीहरुमाथि मुद्धा चलाउने निर्णय गलत भएको’ ठहर गरिएको छ । २० पुस २०७७ मा उनको पुनर्बहाली भएको थियो । पुनर्बहाली भएको एक बर्षसम्म बढुवा हुन नपाउने व्यवस्था भएतापनि अन्य प्रहरीहरु बढुवा हुनुका साथै पुरस्कृत समेत भएका केहि उदाहरणहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्