बसले ठक्कर दिदा काठमाडौँमा पठाओ स्कुटरमा सवार २ जनाको मृत्यु

काठमाडौँ – काठमाडौँमा बसले ठक्कर दिदा पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ कलंकीमा बसको ठक्करबाट पठाओ स्कुटर चालक धादिङको खरी गाउँपालिका २ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ पौने ५ बजे कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो । बससहित चालकलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्