आज दार्चुलाको शैल्यशिखर धाममा पूजन जात्रा, भोली मालिकार्जुन मन्दिरमा रात्री जात्रा लाग्ने

काठमाडौँ – देशकै सात धाम मध्येको एउटा धाम मानिने दार्चुलाको शैल्यशिखर धाममा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ला त्रयोदशीका दिन मालिकार्जुन धाममा पुजन जात्रा लाग्ने गर्दछ ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रामा सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारतको भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन्

पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तालाई सन्तान सुख समेत हुने जनविश्वास रही आएको छ ।
हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरु १५ दिन अगाडि देखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ । भोली मालिकार्जुन मन्दिर मडमा रात्रिकालिन भव्य जात्रा लाग्ने छ । हरेक वर्ष कार्तिक शुक्त चतुर्दशीका दिन मालिकार्जुनका आधा दर्जन मन्दिरहरुमा रात्रिकालिन जात्रा लाग्ने गर्दछ । जात्राका लागि शैल्यशिखर नगरपालिकाले २ दिन र मालिकार्जुन गाउँपालिकाले ३ दिन सार्वजनिक विदा समेत दिएको छ ।

यो पनि 

मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित (सबैले सेयर गराैँ )

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्