अब लाइसेन्सको अनलाइन आवेदन फारम १० देखि ५ बजेसम्म भर्न नपाइने

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ ।
यातायात व्यवस्था विभागले सर्भर लोडका कारण काममा समस्या परेको भन्दै यस्तो निर्णय गरेको हो ।
एक सूचना जारी गर्दै विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यालयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको हो । प्रणाली सुस्त हुँदा कार्यालयहरुको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय अपनाएको र छिट्टै २४ घण्टे सूचारु गर्ने विभागले जनाएको छ ।
विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा दिने पर्खाइमा रहेका छन भने आजको दिनमा आवेदन दिनेले १४ महिनापछि कार्यालयमा सम्पर्क गर्न समय आउने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्