प्रदेश–१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

काठमाण्डौ – प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिने भएका छन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका राई गएको कात्तिक १६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै गठबन्धन दलका सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना सांसद रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्