अख्तियार दुरुपयोग आयोगमा पालिकामा भएको अनियमितताको उजुरी बढ्दो

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा अनियमितताको उजुरी बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने अनियमितताको उजुरी बढेको बताएको हो ।

आयोगको ३१ औँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले पालिकामा अनियमितताका उजुरीहरू बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरूको नजिकको सरकारमा निगरानी बढेका कारण सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

गएको आर्थिक वर्षमा २२ हजार ६ सय २५ वटा उजुरी परेकोमा १४ हजार पाँच सय ३२ वटा फर्छ्योट भएको अख्तियारले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्