काठमाडौँमा नेपाल बन्दको प्रभाव सामान्य

File photo

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य रहेको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।

अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्