मुगुको सदरमुकाम गमगढीमा भिषण आगलागि, २० घर जलेर नष्ट

मुगु – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गए राति साढे १२ बजेदेखि आगो लाग्दा १७ घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । अहिले आगोलाई फैलनबाट रोके पनि पुरै आगो भने नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ । आगलागीमा मानवीय क्षति भएको छैन । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्