कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने

कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्य्विधि बनाएर कृषकहरुलाई एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउने गरी व्यवस्था गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्नका लागि तीन करोड बजेटको व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर कर्णालीका सबै बैंकबाट कृषकहरुले ऋण पाउने व्यवस्था गरिने भएको छ । जस कार्यक्रम अन्तर्गत कृषकहरुले बैंकमार्फत पाँच वर्षसम्मका लागि एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउनेछन् । ब्याज अनुदान पाउनका लागि ऋण लिँदा फर्म तथा उद्योग दर्ता गरेको, विस्तृत परियोजना प्रस्ताव पेस गर्नुपर्न छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्