आज मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने

आज मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ । यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने उहाँको अनुमान छ । बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्