ओखलढुंगामा तीर्थालु सवार जीप दुर्घटना, ४ जनाको मृत्यु, १२ घाइते

काठमाडौं – ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।

जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युहरूमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको प्रहरीले बताएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्