स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित पक्राउ

पर्सा – स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका–८ घण्टाघरबाट बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्