आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छन् । धरान उपमहानगरपालिका–१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राई आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्