मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको प्रहरीले जनाएको हो ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्