कर्णाली प्रदेशमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । जसमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो ।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् ।

४० जना सांसद रहेको कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय छ । एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ । जस अनुसार सांसदको संख्या ३२ रहेको छ । त्यसकालागि ३२ जना भए बहुमत पुग्ने हुन्छ ।
माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई पार्टी मिल्दा ठिक्क बहुमत पुग्छ । प्रदेशमा सत्ता साझेदार नेकपा (एकीकृत सामाजवादी) का पनि तीन जना सांसद छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्