मेलोडी स्टार कम्पिटिसनको उपाधि काठमाडौँकी जेनी श्रेष्ठलाई

काठमाडाैँ – मेलोडी स्टार कम्पिटिसनको उपाधि काठमाडौँकी जेनी श्रेष्ठले हात पार्न सफल भएकी छिन् । लाइफ ओके टेलिभिजनको आयोजनामा आयोजित उक्त मेलोडी स्टार कम्पिटिसनको उपाधि दर्शकहरुले गरेको भोटिङको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धिलाई विजेता घोषणा गरेको हो ।

शनिवार पेप्सीकोलास्थित स्टार बैंकुटमा भएको ग्राण्ड फिनालेमा विजेता घोषणा गरेको हो । यस्तै फस्ट रनर अप (दोस्रो) इलामाका विशेन तामाङ, सेकेण्ड रनर अप (तेस्रो) श्याम दनुवार र थर्ड रनर अप (चौथो) मोरङका चित्र मगर भएका छन् ।

यसैगरी विजेता जेनी श्रेष्ठले नगद रु ५० हजारका साथै ट्रफि, प्रमाणपत्र र दुईवटा म्यूजिक भिडियो र गीत प्राप्त गरेको छ । यस्तै दोस्रो हुने विशेन तामाङले नगद ३० हजारका साथै ट्रफि, प्रमाणपत्र र एकवटा म्यूजिक भिडियो र गीत प्राप्त गरेको छ भने श्याम दनुवारले नगद ३० हजार सहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेको लाईफ ओके टेलिभिजनका अध्यक्ष प्रतीक्षा पाण्डेले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्