कागेश्वरी-मनहरा नगर सभापतिमा देउवा निकट उद्धव दाहाल विजयी

काठमाडौँ – नेपाली काँग्रेसको कागेश्वरी-मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन्।

सभापति शेरबहादुर देउवानिकट दाहालले १५१ मत पाए भने अर्का प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले १३८ मत पाए ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको थिए । महानगर बाहेक अधिकांंश नगरपालिकाको परिणाम आइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्