साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैँ – साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रिमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज असोज १७ गते बाँडफाँट गरेको छ । कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए । जसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर हात प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ ।

 

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्