आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने, भाेली केही ठाउँमा चट्याङसहित पानी पर्ने

सांकेतिक तस्बिर

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।
यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने छ । तर भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि सोमबारदेखि पानी पर्ने क्रम बढ्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्