कन्चनपुरमा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन

कन्चनपुरको भीमदत्त नगरपालिकामा मौलिक जरोकिलो पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशको कार्यालय उद्घाटन गरिएको हो ।
मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष खिमानन्द जोशीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले विश्वमा पछिल्लो समय देखिएको घृणा र विभाजनको राजनीति र नेपालमा कपूतन्त्रको कारण सिर्जित राजनीतिक, आर्थिक एवं सामाजिक समस्याको अचुक समाधानको रुपमा आफ्नो पार्टीले राज्यराष्ट्र सिद्धान्त ल्याएको बताउनु भयो ।

कन्चनपुर जिल्ला संयोजक देवराज भट्टको स्वागत मन्तव्य पछि सुरुभएको कार्यक्रममा प्रदेश नं ५ का अध्यक्ष रेशमप्रसाद बुढाले मौलिकताको लहर चल्नु किन आवश्यक छ भन्ने विषयमा बताउनुभएको थियो । केन्द्रीय उपमहासचिव मित्रलाल शर्मा, केन्द्रीय समिति सदस्य जोनसोन थापाले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्