अन्तर्राष्ट्रीय मानववादी पुरस्कार शान्ति गुरूङलाई प्रदान

काठमाडौ – मानववाद प्रबर्ध्दन तथा सँबर्धनमा समर्पित भै अघि बढिरहेको अन्तर्राष्ट्रीय सँस्था ह्युमानिष्ट इन्टरनेशनल बेलायतले नेपाली मानववादी अभियन्ता शान्ति गुरूङलाई इन्टरनेशनल ह्यूमानिष्ट एवार्ड (अन्तर्राष्ट्रीय मानववादी पुरस्कार),२०२१ प्रदान गरेको छ । शान्ति गुरूङयस किसिमको अन्तर्राष्ट्रीय मानववादी पुरस्कार पाऊँने पहिलो नेपाली र पहिलो एशियाली महिला हुनहुन्छ । यस अघि यस किसिमको पुरस्कार एशियाबाट भारतीय मानववादी अभियंता प्रा . नरेन्द्र नायकले प्राप्त गरेका थिए ।

नेपाली समाजमा विद्यमान अन्धविश्वास,कुरीति तथा कुसँस्कार विरूद्ध निष्ठापूर्वक गरेको कार्यको उच्च मूल्यांकन गरी पहिलो पटक एशियाली महिला शान्ति गुरूङलाई यो पुरस्कार प्रदान गरिएको कुरा उक्त सँस्थाले जनाएको छ ।यस बर्ष सो पुरस्कार १५ अगस्त २०२१ मा स्का‘टलैंडमा प्रदान गर्ने कार्यक्रम भएपनि कोभिड–१९ को कारण नेपालमै प्रदान गरिएको कुरा बेलायतस्थित सँस्थाको प्रधान कार्यालयका मैनेजर जियोभान्नि गाएटेनीले जनाएका छन् ।

नेपाली मानववादी महिलालाई उच्च सम्मान गर्दै यस किसिमको अन्तर्राष्ट्रीय पुरस्कार प्रदान गरिएको खुशीयालीमा मनु घोण्डे गुठी सिन्धुपाल्चोकले एक विशेष समारोह आयोजनागरि असौज २ गते शान्ति गुरूङलाई अभिनन्दन पत्र सहित अभिनन्दन गरेको छ ।
सो अवसरमा गुठीका सदस्य भक्तबहादुर गुरूङ र नेपाल संगीत,कला तथा नाट्य प्रतिष्ठानका प्राज्ञ पुष्कर बहादुर गुरूङ लगायतले अभिनन्दित व्यक्तित्व गुरूङको व्यक्तित्व एबँ कृतित्व बारेमा प्रकाश पार्नुभएको थियो ।

शान्ति गुरूङल बरिष्ठ समाजसेवी हुनुहुन्छ । उहाँले बिगत बीस बर्षदेखि मानववादी अभियन्ता को रूपमा देशका कुना काप्चामा पुगि कुरीति,कुप्रथा र अन्धविश्वासका विरूद्ध कार्य गर्दै आउनु भएको छ । त्यसबाहेक उहाँले महिला उध्दमी सहकारी सँस्था र सामाजिक विकासमा अनवरत रूपमा योगदान दिइरहनु भएको छ । बिगत दुई दशक देखि महिला सहकारी अभियन्ताके रूपमा पनि कार्यरत हुनहुन्छ ।न्यून आय भएका ,गरीवीके रेखा मुनिका र पिछडिएका महिलाहरूको आर्थिक उत्थानको लागि उहाँ निरन्तर क्रियाशील हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्