युवाहरूले गरे गौरीगङ्गाको साझा समस्यामाथि छलफल: स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्य

असोज ११ सुखड – कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार साझा सभा कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत गठन गरीएको महादेव रेडियो श्रोता समूहको आयोजनामा कार्यक्रम भएको हो । सरकारी काम कारबाहीमा आमजनताको सहभागिता गराउन र स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउनका लागि कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रममा गौरीगङ्गाका स्थानीयले कृषि, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता , सामाजिक र भौतिक विकासका लगायत अन्य बिभित विषय बस्तुमा प्रश्न उठाएका थिए । सहभागीहरूले वडाको सार्वजनिक सुनुवाइ किन भएन ? भूमिहीन सुकुम्बासीको काम कहाँ सम्म पुग्यो ? वडा नम्बर ९ ले किन आधुनिक कृषिलाई जोड दिएन ? वडा नम्बर ९ को रिङ्ग रोड किन पक्की भएन ? वडा नम्बर ११ मा रहेको चम्रहिया ताललाई किन पर्यटकीय क्षेत्र बनाउन सकिएन ? वडा नम्बर ११ कान्तिपुर जोड्ने पक्की पुल किन अहिले सम्म बन्न सकेन ? महिला हिंसामा परेका महिलाहरूलाई प्रोत्साहन र आत्मनिर्भर बनाउनको लागी के कस्ता नीति तथा योजनाहरू बनेका छन् ? जस्ता प्रश्नहरू उठाएका थिए ।

साझा सभा कार्यक्रममा सरोकारवाला निकायबाट उठेका सवालको जवाफ गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले वडा बाट माग अत्यधिक र बजेट अभावले गर्दा आधुनिक कृषिलाई जोड दिन नसकेको स्वकार गरे । आधुनिक कृषि प्रणालीलाई जोड दिने कुरामा आफू प्रतिबद्ध भएको बताए । वडा नम्बर ९ को रिङ्ग रोडको बाँकी काम यो वर्ष भित्रमा सम्पन्न हुने बताए । यस्तै कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिमबहादुर देउवाले नगरको बिकास र सुशासन कायम गर्न आफू प्रतिबद्ध भएको बताएका छन् । दुई वर्ष सम्म वडा वडाको सार्वजनिक सुनुवाइ भएको र पछिल्लो समय कोरोनाको कारणले गर्दा सार्वजनिक सुनुवाइ गर्न नसकेको स्वकार गरे । नगरपालिकाको सार्वजनिक सुनुवाइ भएको र आगामी दिनमा प्रत्येक वर्ष नगर र वडाको सार्वजनिक सुनुवाइ गरिने प्रतिबद्धता गरेको छन् ।

कार्यक्रममा बोल्दै उनले केन्द्रमा सरकार फेरबदल भएको हुँदा भूमिहीन सुकुम्बासीहरुको जग्गा नाप्ने काम रोकिएको बताए । भर्खरै पुन भूमिहीन सुकुम्बासी आयोग बनेको हुँदा अब चाडै नै भूमिहीन सुकुम्बासीको समस्या समाधान हुने बताए । आधुनिकीकरण गरेर कृषि गर्नेलाई राज्यले प्राथमिकतामा राखेको उनले बताए । व्यावसायिक रुपमा आधुनिक कृषि औजार प्रयोग गर्न चाहिने किसानहरूको लागी राज्यले पोलिसी बनाएको बताए । बाटोघाटो पुल पुलेका निमार्णको लागी बजेटले भ्याय सम्म नगरपालिकाले काम गरिरहेको बताए । चम्रहिया ताललाई पर्यटकीय क्षेत्र बनाउनको लागी नगरपालिको पहिचान गरेको नगर प्रमुख भीम बहादुर देउवाले बताए । त्यसलाई अगाडी बढाउने कुरामा नगरपालिका लागी परेको उनले बताए ।

वडा नम्बर ११ मा पक्की पुल निमार्णको लागी यो विषयमा नगरपालिका जानकार भएको भन्दै समस्याको समाधान गर्न काम अगाडी बढी सकेको उनले बताए । सोचे अनुसारको काम हुन नसकेको उल्लेख गरे । उनले विकासको काम तीव्र रुपमा अगाडि बढाइरहेको बताए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भिमबहादुर देउवा, अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारी, वडा नम्बर ८ का वडा अध्यक्ष तुलाराम सापकोटा, वडा नम्बर ५ का वडा अध्यक्ष जङ्ग बहादुर बि.क., पारस्परिक जबाफदेहिता परियोजना एफएम डिसीका कार्यक्रम संयोजक ओम जोशी, प्रहरी,पत्रकार,नागरिक समाज, रेडियो श्रोता समूहका पदाधिकारी लगाएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्यबारे महादेव रेडियो श्रोता समूहका सहजकर्ता प्रेम जोशीले प्रकाश पारेका थिए । महादेव रेडियो श्रोता समूहका सहजकर्ता प्रेम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य समूहका अध्यक्ष पुष्कर अवस्थिते गरेको थिए भने कार्यक्रमको सञ्चालन सामुदायिक सञ्चार कर्मी वीरेन्द्र शाहले गरेको थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्