नेपाली काँग्रेस दार्चुलाको पालिका अधिवेशन सम्पन्न, कुन पालिकामा को सभापति ? (नामावली सहित)

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको पालिका अधिवेशन सम्पन्न भएको छ । ९ वटै पालिकामा नयाँ सभापति सहित कार्यसमिति चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको काँग्रेसले जनाएको छ । महाकाली नगरपालिकामा चन्द्रसिंह विष्ट र शैल्यशिखर नगरपालिकामा मोहनसिंह साउँद नगर सभापतिमा निर्वाचित भएका छन् । यस्तै लेकम गाउँपालिकाको सभापतिमा कमलापति मिश्र, मालिकार्जुन गाउँपालिकाको सभापतिमा किसन सिंह सामन्त र मार्मा गाउँपालिकाको सभापतिमा धनन्जय जोशी निर्वाचित भएका छन् । यस्तै नौगाड गाउँपालिका सभापतिमा प्रेमसिंह धामी, व्यास गाउँपालिका सभापतिमा नरेन्द्रदत्त भट्ट, दुहुँ गाउँपालिका सभापतिमा नरेन्द्र कुँवर र अपिहिमाल गाउँपालिका सभापतिमा सोभानसिंह लोथ्याल निर्वाचित भएका छन् ।

दार्चुलामा पालिका अधिवेशन सकिएसँगै जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । जिल्ला सभापतिका लागि उप–सभापति समेतर रहेका शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले उम्मेदवारी घोषणा गरेका छन् । यससँगै शैल्यशिखर नगरपालिका–७का वडा अध्यक्ष जयानन्द जोशीले जिल्ला सह–सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापतिका लागि वर्तमान सभापति ललित बोहरा र उप–सभापति धामीबीच प्रतिस्पर्धा हुने बुझिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्