द्वन्दकालमा पनि लेकममा काँग्रेसको विरासत जोगाएका मिश्रको गाउँपालिका सभापतिमा दाबी

काठमाडौँ –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला दार्चुलामा पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र भएको छ । लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । मिश्र सो गाउँपलिकाको वडा नं. ६का अध्यक्ष समेत हुन् । २०३६ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय मिश्र हक्की स्वभावका हुन् । राजनीतिमा निष्ठावान देखिएका मिश्रले गाउँपालिकाको सभापतिमा उम्मेदवारी दिएको उनी निकट एक स्थानीय नेताले बताए ।

ती नेताले भने, ‘गाउँपालिका सभापतिमा मिश्रको जीत सुनिश्चित छ, उहाँको राजनीतिक यात्रा हेर्ने हो भने विगतदेखि नेपाली काँग्रेसको राजनीतिलाई गाउँ स्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान छ, यसलाई पार्टी र कार्यकर्ताले उचित मुल्याङ्कन गर्नेछन् ।’ ती नेताले अगाडी थपे, ‘नेपालमा भएको शशस्त्र द्वन्दका बेला काँग्रेस हुँ भन्नेलाई ज्यान बचाउन समेत गाह्रो थियो । तर उहाँले कति पनि विचलित नभई काँग्रेसको झण्डा नछोडेको इतिहास छ, उहाँले लेकममा काँग्रेसको विरासत जोगाएको हो, यसलाई पार्टी र कार्यकर्ताले उचित मुल्याङ्क गर्नुपर्छ ।’ नेता मिश्र यसअघि साविकको रिठाचौपाता गाविसको सभापति समेत भएका थिए ।

पार्टी संगठनलाई बलियो, असल र नेपाली कांग्रेसको विचारलाई समाजको अभिन्न अंगको रुपमा अघि बढाउन समेत  गाउँपालिका सभापतिमा आफ्नो उम्मेदवारी भएको मिश्रले बताए । उनले भने, ‘वीपीको समाजवादलाई लागु गर्नु नै मेरो उद्देश्य हो, ३६ साल देखिको राजनीतिक यात्रा र पार्टीलाई गरेको योगदानको समेत उचित मुल्याङ्कन हुनेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्